सुपर लिगको एलिमिनेटरमा ललितपुर र बुटबल भिड्दै

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगको प्लेअफको एलिमिनेटरमा आज लतिलपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् । खेल साँझ ५ः३० बजे दशरथ रंगशलामा हुने छ ।

७ टिम सहभागी लिगमा ललितपुर तेस्रो र बुटवल चौथो भएपछि यी दुई टिमले एलिमिनेटरमा मौका पाएका हुन्। आजको खेलको विजेताले फाइनल प्रवेशका लागि क्वालियफायर २मा काठमाडौं रेजर्ससँग खेल्ने छ। लिगमा शीर्ष स्थानमा रहेको काठमाडौं रेजर्स क्वालिफायर १मा धनगढी एफसीसँग पराजित भएको थियो।

लिग चरणमा दुई बीचको खेलमा ललितपुरले बुटवललाई १–० ले पराजित गरेको थियो । सुरुवाती चार खेलमा जितविहीन रहेको ललितपुरले ३ बराबरीबाट जम्मा ३ अंक जोडेको थियो ।

बुटवलविरुद्ध जित ललितपुरको पहिलो जित थियो र उक्त जितपछि जोसिएको ललितपुरले अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई ४–० ले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको थियो ।

अर्कोतर्फ सुरुवाती तीन खेलमा अपराजित रहँदै ५ अंक जोडेको बुटवल त्यसपछि काठमाडौं रेजर्स र ललितपुरसँग लगातार पराजित भएको थियो । तर, उसले अन्तिम खेलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो।

Facebook Comments Box