यू–१९ महिला साफ च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको आधादर्शन गोल

Read Time:2 मिनेट

बंगलादेशमा जारी यू–१९ महिला साफ च्याम्पियनसिपमा नेपालले सानदार जित निकलोको छ। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा नेपालले श्रीलंकामाथि ६–०को जित निकालेको छ।

ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाललाई सानदार जित निकालेको क्रममा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी रानामगर र रजनी थोकरले समान एक गोल गरे।

श्रीलंकाविरुद्ध नेपालले दुवै हाफमा समान ३ गोल गरेको थियो। खेलमा अधिकांश समय श्रीलंकामाथि दबाब बनाएको नेपालले पाँचौं मिनेटमै अग्रता लियो। नेपालका लागि रश्मीले गोल गरेकी थिइन्।

त्यसको दुई मिनेटपछि नै नेपालले अग्रता दोब्बर बनायो । साँतौं मिनेटमा सविताले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन्। ४३औं मिनेटमा मेनुकाले गोल गरेपछि पहिलो हाफमा ३–० को अग्रता लियो।

४८औं मिनेटमा सलोनीको पासमा रजनीले गोल गर्दै नेपाललाई ४–०को अवस्थामा ल्याइन्। ५३औं मिनेटमा सलोनीले गोल गरेपछि नेपालले फराकिलो जिततर्फ अग्रसर भयो। त्यसपछि ८५ औं मिनेटमा रश्मीले गोल गरेपछि ६–० ले विजयी भयो।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग बराबरीमा रोकिएको थियो। २ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । तीनवटै खेलमा पराजित भएको श्रीलंका तालिकाको पुछारमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिलवाललाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
Next post अन्तरकलेज बोइज बास्केटबल : जय मल्टिपललाई हराउँदै विन्सम सेमिफाइनलमा
Close