यू–२३ एसियन कप छनोटको तयारीका लागि इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

Read Time:2 Minute

नेपाली यू–२३ फुटबल टिम यतिखेर ताजकिस्तानमा छ । एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान पुगेको नेपाली टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ।

नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ।

यू–२३ एसियन कप छनोटमा नेपाल समूह बीमा छ । यो समूहमा नेपालसँगै ताजकिस्तान, लेबनान र इरान छन् । छनोट खेल ताजकिस्तानमा अक्टोबर २३ देखि ३१ सम्म हुने छ।

नेपालले इरानसँग खेल्दै यू–२३ एसियन कप छनोटका यात्रा सुरु गर्ने छ । यो खेल अक्टोरब २५ मा हुने छ। यस्तै, नेपालले ताजकिस्तानसँग अक्टोबर २८ र लेबनानसँग अक्टोर ३१मा खेल्ने छ।

छनोटमा समूहको शीर्ष स्थानमा रहने ११ टिम र दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टिमले यू–२३ एसियन कप खेल्ने छन्। यू–२३ एसियन कप सन २०२२मा उज्वेकिस्तानमा हुनेछ।

नेपाली टिममा अधिकांश खेलाडी सिनियर टिममा प्रतिनिधत्व गरेका खेलाडी छन् । यू–२३ टिममा सिनियर टिमका ११ खेलाडी परेका छन् । जसमध्ये साफ च्याम्पियनसिप खेलका ६ खेलाडी छन्।

नेपाली टिम : अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, राजन गुरुङ, शिब गुरुङ, रन्दिप पौडेल, गौतम श्रेष्ठ, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान,अनिल महर्जन, अविशेक लिम्बु, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, रोशन पहाडी, ऋतिक खड्का, शिशिर लेखी, आकाश बुढामगर, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आयोजक ओमानलाई हराउँदै स्कटल्यान्ड टि–२० विश्वकपको सुपर १२मा
Next post अन्सु फाती अझै ६ वर्ष बार्सिलोनामा रहने
Close