अस्ट्रेलियाविरुद्ध यस्तो हुने छ नेपालको लाइनअप, टिममा ५ परिवर्तन

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज राति एसियन पावर हाउस अस्ट्रेलियाको सामाना गर्दैछ। खेल कुवेत सिटीस्थित जाबेद अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा आज राति ९ः४५ बजे सुरु हुने छ।

अस्ट्रेलियाविरुद्धको खेलका लागि प्रशिक्षक अब्दुल्ला अलमुताइरीले सुरुवाती ११को घोषणा गरेका छन्। अलमुताइरीले जोर्डनविरुद्ध खेलेको टिममा ५ परिवर्तन गरेका छन्। उनले अञ्जन विष्ट, अभिषेक रिजाल, सन्तोष तामाङ, विकास खवास र दिनेश राजवंशीको स्थानमा नवयुग श्रेष्ठ, सुनिल बल, एरिक विष्ट, विशाल राई र गौतम श्रेष्ठलाई सुरुवातमी ११मै राखेका छन्।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टिममा डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ र सुमन अर्याल छन् । यस्तै, मिडफिल्डमा पुजन उपरकोटी, विशाल र एरिक छन् भने स्ट्राइकरमा सुमन लामा, नवयुग र सुनिल छन् ।

Facebook Comments Box