अस्ट्रेलियाविरुद्ध पहिलो हाफमा नेपाल २–०ले पछि, रोहितले पाए रेड कार्ड

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले बलियो अस्ट्रेलियासँग खेलिरहेको छ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा जारी खेलमा नेपाल पहिलो हाफमा अस्ट्रेलियाविरुद्ध २–०ले पछि परेको छ।

खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए। यस्तै, ३८औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए ।

यस्तै, पहिलो हाफको अन्त्यतिर नेपाल १० खेलाडीमा समेटिएको छ। ४५औं मिनेटमा रोहित चन्दले रेडकार्ड पाए । उनले बल लिएर अगाडि बढिरहेका अस्ट्रेलियन खेलाडीलाई डिबक्स नजिकै पछाडिबाट तानेर लडाएपछि रातो कार्ड पाए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध खेलेको टिममा ५ परिवर्तन गरेका छन्। उनले अञ्जन विष्ट, अभिषेक रिजाल, सन्तोष तामाङ, विकास खवास र दिनेश राजवंशीको स्थानमा नवयुग श्रेष्ठ, सुनिल बल, एरिक विष्ट, विशाल राई र गौतम श्रेष्ठलाई सुरुवातमी ११मै राखेका छन्।

Facebook Comments Box