दशरथ रंगशालामा हुने नेपाल र अस्ट्रेलियाबीचको खेल स्थगित

सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कप छनोटअन्तर्गत दशरथ रंगशालामा हुने भनिएको नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण एएफसीले नेपाल र अस्ट्रेलियाबीचको खेल स्थगित गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित जनाएको छ । नेपाल र अस्ट्रेलियाबीचको खेल दशरथ रंगशालामा मार्च ३० मा हुने तालिका थियो ।

अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएपछि खेल प्रभावित बनेको हो । खेलाडीहरु युरोपको विभिन्न क्लबबाट खेलिरहेकाले उनीहरु आउन नसकने भएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो।

अष्ट्रेलियाको अनुरोधपछि एएफसीले खेल स्थगित गरेको छ एन्फाले जनाएको छ । स्थगित खेल आगामी जुनमा हुने बताइएको छ ।

यसअघि एएफसीले मंगलबार मात्र विश्वकप छनोटको खेल तालिका परिमार्जन गरेको छ । परिमार्जित तालिकाअनुसार एएफसीले मार्चमा तीन खेल मात्र राखेको थियो। कोभिड–१९का कारण यात्राको प्रतिबन्ध र क्वारेन्टिनको नियमका कारण एएफसीले मार्च ३०का लागि तय भएको तालिका परिमार्जन गरेको थियो । परिर्माजित तालिकामा नेपाल र अस्ट्रेलियाबीचको खेलका विषयमा केही उल्लेख थिएन ।

समूह ‘बी’ मा नेपाल पाँच खेलमध्ये एउटा खेल मात्र जितेको छ। मा जित निकालेको छ । नेपालले चाइनिज ताइपेइलाई २–०ले हराएको थियो । अन्य चार खेलमा नेपाल अस्ट्रेलियासँग ४–०, जोर्डनसँग ३–०, कुवेतसँग ७–० र १–०ले पराजित भएको थियो।

समूहमा बीमा १२ अंक जोडेको अस्ट्रेलिया साथ शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल ३ अंकसहित चौथो स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.