नेपाल भर्सेस बंगलादेशः नेपाललाई बदला लिने अवसर

त्रिदेशीय कपको आफ्नो दोस्रो खेलमा नेपाल र बंगलादेश आज भिड्दै छन् । साँझा साढे ५ बजे दशरथ रंगशालामा हुने यही खेल त्रिदेशीय कपको फाइनल समीकरण पुरा हुने छ।

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगेगिसकेको छ। फाइलन पुग्न नेपाललाई बराबरी नै पर्याप्त हुने छ। यदि नेपाल १–०भन्दा बढी गोलअन्तरमा पराजित भएमा भने कीर्गिस्तान फाइनल पुग्ने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–०ले हराएको थियो भने नेपाल र कीर्गिस्तानबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

आज हुने खेल नेपालका फाइनल पुग्ने अवसर र बंगलादेशसँग घरमै प्राप्त हारको बदला लिने अवसर पनि हो। यो सन् २०१५ मा विश्वकप छनोट अन्तर्गत भारतसँग खेलेयता बंगलादेशविरुद्धको खेल नै दशरथ रंगशालमा सिनियर टोलीको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हुनेछ ।

गत नोभेम्बरमा नेपालले बंगलादेशसँग उसैको मैदानमा दुई खेलको मैत्रीपूर्ण सिरिज खेलेको थियो । जसमा नेपाल पहिलो खेलमा २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस पटक घरेलु मैदान र घरेलु दर्शकको साथ पाएको नेपालको लागि त्यो हारको बदला लिने अवसर समेत छ । ढाका भएको दुवै खेलमा नेपाले गोल गर्न सकेन । अहिले त्रिदेशिय कपमा पनि पहिलो खेलमा गोल गर्न सकेन । त्यसैले बंगलादेशविरुद्ध गोल गर्दै खेल जित्नको लागि नेपाललाई अवसर र चुनौती दुवै छ ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई हराइकसको र फाइनलमा पनि स्थान पक्का गरिसकेकोले मनोबल उच्च छ । किर्गिस्तानलाई हराएपछि बंगलादेशका प्रशिक्षक जेम्स डे ले नेपालको पहिलो खेल हेरेर त्यस अनुसार रणनीति बनाएर खेल्ने बताएका थिए । फाइनलमा स्थान पक्का गरिसकेकोले बंगलादेशलाई नेपालसंग खेल्दा कुनै दबाब हुने छैन ।

उता किर्गिस्तानको पनि फाइनल पुग्ने सम्भावना अझै सकिएको छैन । किर्गिस्तान नेपाल र बंगलादेशको खेलको नतिजाको पर्खाइमा छ । किर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले नेपाल र बंगलादेशबीचको खेलमा न्यायपूर्ण नतिजा आउने आशा राखेका छन् ।

यदी बंगलादेशले नेपाललाई २ वा त्योभन्दा बढी गोलअन्तरले पराजित गरे किर्गिस्तान फाइनल पुग्नेछ । प्रशिक्षक महर्जनले बंगलादेशविरुद्ध हारबारे नसोचेको बताए। बंगलादेश र नेपालबीच अहिलेसम्म २१ खेल भएको छ । जसमा बंगलादेश १३ खेलमा विजयी हुँदा नेपालले ६ खेल जितेको छ । २ खेल भने बराबरीमा सकिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.