नेपाल र बंगलादेशले खेले बराबरी, सिरिज बंगलादेशलाई

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । मंगलबार साँझ बंगलादेकको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् ।

यो बराबरीसँगै मुजिवउर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि बंगादेशले जितेको छ । गत शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपाल बंगलादेशसँग २(०ले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो ।

ढाकास्थित बगबन्धु नेशनल स्टेडियममा भएको खेलमा प्रशिक्षक बालगोपाल महर्जनले भरत खवासलाई पहिलो रोजाइमा खेलाउँदै कप्तानको जिम्मेवारी दिएका थिए । तर १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेपछि गोलकिपर किरण चेम्जोङले आर्मब्याण्ड लगाए ।

पहिलो खेलमा डेब्यु गरेका तीन खेलाडी विकास खवास एरिक विष्ट र दर्शन गुरुङले दोस्रो खेलमा भने पहिलो रोजाइमै अवसर पाए । विकासले पहिलो खेलमा पहिलो रोजाइमै डेब्यै गर्दै पूरा खेलेका खेलेका थिए ।

बेन्चबाट मैदान प्रवेश गरेका एरिक र दर्शनले भने दोस्रो खेलमा शरुदेखि नै खेले । यस्तै दोस्रो खेलमा थप ३ खेलाडीले डेब्यु गरे । डिफेण्डर छिरिङ गुरुङले पहिलो रोजाईमै डेब्य गर्दा मिडफिल्डरद्वय पुजन उपरकोटी, सेसेहाङ आङदेम्बेले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरे ।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीका कारण ८ महिनादेखि नेपाली खेलाडीले फुटबल खेलेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP