यस्तो हुने छ बंगलादेशविरुद्धको लागि नेपालको प्लेइङ सेट, प्रीति र सविताको डेब्यू

प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल महिला टिमको प्लेइङ सेट छनोट गरेका छन्। आज ५ बजे सुरु हुने खेलका लागि स्ट्राइकरद्वय प्रीति राई र सविता रानालाई समेट्दै फिलिप्सले प्लेइङ सेट छनोट गरेका छन्।

नेपाली टिमको कप्तानी रेनुका नगरकोटीको गर्नेछिन्। फिलिप्ले छनोट गरेको टिममा गोलकिपरमा अन्जली तुम्बापो सुब्बा छिन् भने डिफेन्समा अमृता जैसी, पुजा राना र हिरा भुजेल र गीता राना छन्।

यस्तै, मिडफिल्डमा मञ्जली थोकर, सुरु लिम्बू र कप्तान रेनुका छन् भने स्ट्राइकरमा प्रीति र सविनासँगै विमला चौधरी रहेका छन्।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

Facebook Comments Box