दशरथ रंगशालामा डेब्यू गर्दै नेपाली महिला फुटबल टिम

नेपालीइ राष्ट्रिय महिला फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा डेब्यू गर्दै छ। आज साँझ ५ बजे हुने बंगलादेशसँगको मैत्रीपूर्ण मार्फत नेपाली महिला फुटबल टिमले दशरथ रंगशालामा डेब्यू गर्न लागेको हो।

नेपाली महिला फुटबल टिम गठन भएको ३५ वर्षपुगे पनि सिनियर टिमले दशरथ रंगशलामा खेल्न भने पाएको थिएन । उमेर समूहको टिमले भने दशरथ रंगशालामा खेलिसकेको छ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेका नेपालले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। ग्यारी फिलिप्सको प्रशिक्षणमा रहेको नेपाली टिम ७ वर्षपछि आफ्ना मुख्य स्ट्राइरक सावित्रा भण्डारीविना मैदान उत्रँदैछ । उनी घाइते छिन्।

सावित्राको अनुपस्थिति नयाँ खेलाडीका लागि यो खेल अवसर हुने प्रशिक्षक ग्यारीले बताएका छन्। प्रशिक्षक फिलिप्सले ७ नयाँ खेलाडीलाई टिममा समावेश गरेका छन्।

एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एफमा छ । यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन् । उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८मा खेल्ने छ।

नेपालले छनोटको दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१मा खेल्ने छ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ।

छनोटको समूह एफको छनोट खेल नेपालमै आयोजना हुने तय थियो । अन्तिम समयमा कोरोनाको कारण देखाउँदै छनोट खेल नेपालबाट उज्वेकिस्तान सारिएको हो।

Facebook Comments Box