बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिममा तीन परिवर्तन

Read Time:1 Minute

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला टिममा तीन पविर्तन गरिएको छ। केहीसमय पछि दशरथ रंगशालामा सुरु हुने खेलका लागि तीन परिवर्तन गर्दै प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको लाइनअप सार्वजनिक गरेका छन् ।

गत बिहीबार भएको पहिलो खेलमा सुरुआतमा मौका नपाएका गोलकिपर अन्जना रानामगर, स्ट्रइकर अनिता बस्नेत र रश्मी घिसिङले दोस्रो खेलमा सुरुआतमै मौका पाएका छन्। यस्तै, डेब्यूमै गोल गरेका स्ट्राइकर प्रीति राई दोस्रो खेलमा पनि सुरुआती ११ मै छिन्।

पहिलो खेलमा टिममा रहेका गोलपिकप्ता एन्जिला तुम्बापो सुब्बा, सबिता राना र मन्जली योन्जनलाई आराम दिइएको छ। नेपाली टिमको नेतृत्व रेनुका नगरकोटीले गरिरहेकी छिन्।

नेपालले आसन्न एएफसी वुमन्स एसियन कप छनोटका तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। पहिलो मैत्रीपूर्ण खेल नेपालले २–१ले जितेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दीपेन्द्रसिंह ऐरीले ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज गुमउने
Next post गनन्जय र सुस्मितालाई स्वर्ण
Close