चाइनिज ताइपेइविरुद्ध यस्तो हुने छ नेपालको सुआती ११, परेनन् मनिष डाँगी

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुआती ११को घोषणा गरेका छन् । कुवेतस्थित जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा राति ९ः४५ बजे हुने खेलका लागि प्रशिक्षक अलमुताइरीले आशिष लामा र सुनिल बललाई टिम राख्दै सुआती ११ घोषणा गरेका हुन्।

प्रशिक्षक अलमुताइरीले अघिल्लो इराकविरुद्ध खेलेको प्लेइपङ सेटमा २ वरिवर्तन गरेका छन् । उनले मिडफिल्डमा मनिष डाँगीको स्थानमा आशिषा लामालाई मौका दिएका छन् भने विगर नवयुग श्रेष्ठको स्थानमा सुनिल बललाई मौका दिएका छन्।

गोलकिपर किरण चेम्जोङका कप्तानीमा रहेको नेपाली टिममा डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल र गौतम श्रष्ठ छन् । यस्तै, मिडफिल्डमा सुमन लामा, सन्तोष तामाङ र पुजन उपरकोटी रहेका छन् ।

अलमुताइरी स्ट्राइकिङको जिम्मा सुनिल बल, आशिष लामा र अञ्जन विष्टलाई छानेका छन्।

विश्वकप छनोटको अघिल्लो चरण पुग्ने नेपालको सम्भावना लगभग सकिए पनि एसिया कप छनोटको सम्भावना बाँकी रहेकाले नेपाल जितकै लागि मैदान उत्रँदैछ । तर, कुवेतका गर्मीले खेलाडीका लागि चुनौति हुने छ।

Facebook Comments Box