थाइल्यान्डको चोनबुरी क्लसँग भिड्दै नेपाली टिम

Read Time:1 Minute

नेपाली राष्ट्रिय फुटबल टिमले आज थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्दैछ। नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ । एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टिमले यसअघि थाइल्यान्डको राष्ट्रिय टिमसँग खेलेको थियो। खेलका नेपाल २–०ले पराजित भएको थियो।

थाइ क्लबविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । घरेलु टोली पनि नेपाललाई हराउने उदेश्यले मैदान उत्रनेछ ।

एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ । यो समूहमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । कुवेतमा हुने खेलमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्ने छ भने जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मैत्रीपूर्ण खेलमा स्पेन, जर्मनी र इंग्ल्यानड विजयी
Next post थाइ क्लबसँग नेपाल पराजित
Close