यस्तो छ भारतविरुद्ध मैदान उत्रने नेपाली टिम, आयुष घलानलाई सुरुआतमै मौका

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्लेइङ ११ छनोट गरेका छन्। केही समयपछि दशरथ रंगाशालामा सुरु हुने खेलका लागि युवा विंगर आयुष घलानलाई समेट्दै अलमुतइरीले प्लेइङ ११ घोषणा गरेका हुन्।

किरण चेम्जोङको कप्तानीमा रहेको टिमको डिफेन्समा अन्नत तामाङलाई गौतम श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशीले सघाउने छन् । यस्तै, मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा छन् भने स्ट्राइकरका रुपमा अन्जन विष्ट विष्ट नवयुग श्रेष्ठ र आयुष घलान छन्।

आसन्त साफ च्याम्पियनसिपका तयारीका लागि नेपालले भारतसँग २ मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आगामी आइतबार हुनेछ।

Facebook Comments Box