नेपाल र भारतबीच पहिलो हाफ गोलरहित बराबरी, मनिषले मिस गरे सुनौलो मौका

दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीका सकिएको छ।

पहिलो हाफमा भारतविरुद्ध नेपलले उत्कृष्ट प्रदर्शन गरेको छ । गोलका राम्रा अवसर सिर्जना गरे पनि नेपाली खेलाडी फिनिसिङमा चुकिरहेका छन्।

१३ औं मिनेटका नेपालका स्ट्राइकर मनिष डाँगीले सुनौलो मैका खेर फाले । उनले डिबक्सभित्र वान टु वानको अस्थामा प्राप्त बल प्रहार गर्ने सकेनन् । यस्तै, आयुष घलानको लामो क्रसमा आषिश लामाले हेडिङ गर्न सकेनन्।

खेलमा भारतले पनि केही राम्रा असर सिर्जना गरेको थियो । अन्तिम समयमा कप्तान सुनिल क्षेत्रीको हेडिङ पोस्टभन्दा थोरैमाथिबाट बाहिरिएको थियो।

नेपालले पहिलो हाफ नसक्दिै २ परिवर्तन गरेको छ । ४२औं मिनेटमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले स्ट्राइकर आशिष लामाको स्थानमा अन्जुन विष्ट र सुमन लामाको स्थानमा विशाललाई मैदान प्रवेश गराएका थिए।

Facebook Comments Box