दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग भिड्दै नेपाल, लक्ष्य जितकै
आसन्न साफ च्याम्पियनसिपका तयारीका आयोजना गरिएको मैत्रीपूर्ण खेलको दोस्रो खेलमा आज नेपालले भारतको सामाना गर्दै छ। खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली टिम जितकै लक्ष्यका साथ मैदानमा उत्रने छ। नेपाली टिम भारतविरुद्ध समग्रमा तेस्रो जितको खोजीमा हुनेछ । नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन। यसअघिप गत बिहीबार भएको पहिले मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
बिहीबार नेपाली टोली सुधारियएको प्रदर्शन गरेको थियो । नेपाललाई पहिलो हाफमै अन्तज विष्टले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ भारतले गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न ५ हजारभन्दा बढी दर्शक रंगशालामै उपस्थित हुने छन्।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेलमा नेपाली टिमको प्रदर्शनबाट त्यति सन्तुष्ट थिएनन् । उनले राम्रो खेल पनि धेरै सुधार गर्नुपर्ने ठाउँ रहेको बताएका थिए ।
दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो । यता भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको थियो।