नेपाल र भारतबीचको खेल हेर्न दर्शकलाई अनुमति, खोप र पिसिआर रिपोर्ट अनिवार्य

नेपाल र भारतको खेल दर्शकले रंगशलामै गएर हेर्न पाउने भएका छन्। सरकारले अनुमति दिएपछि नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल दर्शकले रंगशालामै गएर हेर्न पाउने भएका हुन्।

एन्फाका अनुसार ५ हजार १ सय दर्शकलाई नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्न अनुमति दिएको छ। तर त्यसका लागि केही शर्त सरकारले तोकेको छ।

रंगशालामै गएर खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्ने छ भने पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाण पनि चाहिने छ। एन्फाले खेलको टिकट अनलाइटबाट काट्न सकिनेको बताएको छ । तर, मूल्यमा अहिलेसम्म निर्धारण भइसकेको छैन।

आसन्न साफ च्याम्पियनसिपको तयारीका लािग नेपाल र भारतबीच २ मैत्रीपूर्ण खेल हुन लागेको हो। खेल भदौ १७ र २० गते दशरथ रंगशालामा आयोजना हुँदैछ। साँझ ५ः३० बजे सुरु हुने खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने छ।

Facebook Comments Box