भारतविरद्ध खेलअघि अल्मुताइरी भने– हामी गोर्खाली हौं, जित्नैका लागि खेल्छौं

नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग बिहीबार र शनिबार दुई मैत्रीपूर्ण खेल खेल्दैछ । आसन्न साफ च्याम्यिनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध नेपाली जित्नैका लागि मैदान उत्रिने बताए । उनले भारतविरुद्ध जित निकाल्न कठीन भएको पनि बताए ।

‘भारतविरुद्ध जति निकाल्न निकै कठीन छ । जति हामीलाई कठीन छ, उनीहरुलाई पनि त्यति नै कठीन छ । तथ्यांकमा पनि भारत बलियो छ,’ अल्मुताइरीले भने, ‘हामी पनि नयाँ गोर्खाली हौं, त्यसैले जित्नैका लागि खेल्ने छौं । इतिहास र विपक्षी हेर्दैनौं, नतिजाका खेल्छौं, हाम्रो लक्ष्य जित नै हो।’

प्रिम्याच कन्फ्रेन्समा अल्मुताइरीले फिफा ¥याङकिङ सुधार गर्न पनि नेपालका लागि भारतविरुद्धको खेल महत्वपपूर्ण भएको बताए । यो दुई खेलमा नतिजा राम्रो ल्याउन सके फिफा ¥याकिङ १० स्थान सुधार्न सकिने उनले बताए।

उनले आफूहरुको मुख्य लक्ष्य साफ च्याम्पियनसिप भएको पनि बताए । उनले भने, ‘हाम्रो मुख्य लक्ष्य नै साफ हो। त्यसका लागि हामीले २ महिनादेखि यतारी गरिरहेका छौं । भारतविरद्धको खेल हाम्रा लागि शिक्षा लिने ठाउँ हुनेछ।’

यसैगरी नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले भारत बलियो प्रतिद्वन्द्वी भएपनि ऊविरद्ध खेल्न नेपाली टिम मानसिक र शारिरिक रुपमा तयार भएको बताए । लामो समय तयारी गरेका नतिजा राम्रो निस्कने अपेक्षा उनले गरे।

‘हाम्रो तयारी राम्रो भएको छ, र टिम लय पनि छ । त्यसैले भारतविरुद्ध राम्रो नतिजा ल्याउँछौं,’ किरणले भने, ‘अझ घरेलु मैदानमा खेल्दैछौं । हाम्रा लागि यो अवसर हो, यसलाई सदुपयोग गर्छौं ।’ उनले साफ नै मुख्य लक्ष्य भएकाले त्यसका लागि भारतविरुद्धको खेल निकै महत्वपूर्ण र फलदायी हुने बताए।

यसैगरी भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपालसँग खेल्न सधैं कठीन हुने बताए । ‘नेपाल हाम्रा लागि सधैं कठीन प्रतिद्वन्द्वी हो, हामी सक्दो राम्रो प्रयास गर्नेछौं,’ उनले भने। उनले यो महामारीमा पनि आफूहरुलाई खेल्नका लागि निमन्त्रणा गरेको धन्यवाद दिए।

आसन्न साफ च्याम्पियनसिपको तयारीका लािग नेपाल र भारतबीच २ मैत्रीपूर्ण खेल हुन लागेको हो। खेल भदौ १७ र २० गते दशरथ रंगशालामा आयोजना हुँदैछ । साँझ ५ः३० बजे सुरु हुने खेलको प्रत्यक्ष प्रशारण गर्ने छ। ५ हजार १ सय दर्शकले मैदानमै उपस्थित भएर खेल हेर्न पाउने छन् । त्यसका लागि दुवै डोज खोप र ४८ घण्टाअघिको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य छ।

Facebook Comments Box