नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल ५ः३०मा हुने, दर्शकको उपस्थितिका विषयमा निर्णय हुन बाँकी

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल साँझ हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

साफ च्याम्पियनपिसको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। खेल भदौ १७ र २० गते दशरथ रंगशालामा आयोजना हुनेछ।

मैत्रीपूर्ण खेल तथा साफ च्याम्पियनसिपको तयारीका लागि २५ सदस्यीय नेपाली टिममले पोखरामा तयारी गरिरहेको छ। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा रोहित चन्द हुनै छैनन् । उनी इन्डोनेसियामा रहेकाले मैत्रीपूर्ण खेल खेल्ने छैनन्।

भारतले पनि सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टिम घोषणा गरिसकेको छ। भारतीय टिम सोमबार साँझ नेपाल आइपुग्नेछ।

यसैगरी मैत्रीपूर्ण खेल दर्शकसहित हुने कि विना दर्शकने हुने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन। एन्फाले प्रशासनसँग छलफल भइरहेकाले पछि मात्र दर्शकको उपस्थितिका विषयमा निर्णय गरिने जनाएको छ।

Facebook Comments Box