फुटबलराष्ट्रिय फुटबल

तस्बिरमा हेर्नुस् भारतविरुद्ध नेपाली यू–१६ टिमको खेल

नेपालले बुधबार यू–१६ साफ च्याम्पियनसिपको समूह चरणको दोस्रो खेल भारतसँग खेल्यो। भुटानमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग १–०ले पराजित भयो।

यो पराजयसँगै डिफेन्डिङ च्याम्पियन नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग पनि १–०ले नै पराजित भएको थियो।

भारतका लागि मोहम्मद अर्सादले ३३औं मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफमा १–०ले पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन।