अन्जन विष्टकाे गोलमा पहिलाे हाफमा नेपाललाई अग्रता

स्ट्राइकर अन्जन विष्टको गोलको नेपालले भारतविरुद्ध सुरुआती अग्रता लिएको छ। दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा ३६औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

आसन्त साफ च्याम्पियनसिपका तयारीका लागि नेपाल र भारतसँग २ मैत्रीपूर्ण खेल खेलिरहेका छन् । दोस्रो खेल आगामी आइतबार हुनेछ।

किरण चेम्जोङको कप्तानीमा रहेको टिमको डिफेन्समा अन्नत तामाङलाई गौतम श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशीले सघाउने छन् । यस्तै, मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा छन् भने स्ट्राइकरका रुपमा अन्जन विष्ट विष्ट नवयुग श्रेष्ठ र आयुष घलान छन्।

Facebook Comments Box