इराकसँग नेपालको फराकिलो हार

विश्वकप छनोटअघि भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। अधिकांश युवा खेलाडी सम्मिलित नेपाली टोली बलियो इराकसँग ६–२को फराकिलो अन्तरले पराजित भयो।

यो हारसँग नेपाल इराकसँगका चारवटै भेटमा पराजित भयो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि हारबाट नेपलाको प्रशिक्षण यात्रा सुरु गरे।

खेलमा पहिलो हफामा ६ र दोस्रो हाफमा २ गोल भएको थियो । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा सातौं मिनेटमा अला अब्दुला खासिनले फ्रिकिकमा गोल गर्दै इराकले सुरुआती अग्रता लिएको थियो।

आठौं मिनेटमा इराकका डिफेन्डर अहमेद इब्राहिम खलाफले अन्जन विष्टको प्रहार रोक्ने क्रममा आत्मघाती गोल गरेपछि नेपालले खेललाई बराबरीमा ल्यायो।३९ औं मिनेटमा डेब्यु खेलाडी मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । उनले काउन्टरमा गोल गरेका थिए ।

तर, ३९ औं मिनेटमा मोहमद अब्दुलझाराले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। खेलको ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाएका छन् ।

पहिलो हाफमा ४ गोल खाएपनि इराक माथि दबाब बनाएको नेपालले दोस्रो हाफमा भने आक्रमण गर्न सकेन । दोस्रो हाफमा इराकका कप्तान अला अब्दुल जहर खासिन र सजाद जासिमले गोल गरेका थिए ।

नेपाली टिम आइतबार नै विश्वकप छनोटका खेल खेल्न स्थलमार्ग हुँदै कुवेत जाने छ।

विश्वकप छनोटमा नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

विश्वकप छनोटका समूम बीमा रहेको नेपाल अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। विश्वकप छनोटको सम्भावना सकिएपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना भने बाँकी नै छ।

Facebook Comments Box