दुई दशकपछि इराकसँग खेल्दै नेपाल, हारको श्रृंखला अन्त्य होला ?

नेपाली राष्ट्रिय फुटबल टिमले दुई शतकपछि एसिया फुटबलको पावर हाउस इराकसँग खेल्दैछ । खेल नेपाली राति १०ः१५ बजे बसरा अन्तर्राष्ट्रिय मैदानमा हुने छ।

विश्वकप र एसिया कपको छनोट खेल्नुअघि दुवै टिमले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। बलियो इराकविरुद्ध खेल्नेका लागि नेपाली टिम गत मंगलबार त्यसतर्फ गएको थियो।

दुई दशकपछि इराकविरुद्ध मैदानमा उत्रँदा नेपाली टिमको लक्ष्य प्रदर्शनका सुधार गर्नु नै हुने छ। सँगै इराकसँगको हारको श्रृंखला अन्त्य गर्नुपनि । तर, यो नेपालका लागि त्यति सहज भने हुनेछैन ।

किनभने इराक नेपाल निकै बलियो टिम हो । यसको प्रमाण फिफा वरियता र विश्वकप खेलिसक्नु तथा एसिया कपम उपाधि जित्नुले पनि दिन्छ । फिफा वरियतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६८औं स्थानमा छ।

युवा टिमलाई लिएर इराक पुगेका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरीले नतिजामा भन्दा प्रदर्शन सुधार गर्नु नै आफूहरुको लक्ष्य रहेको बताएका आजको खेलमा नेपाली टिमले इराकलाई टक्कर दिने अनुमान गर्न सकिन्छ। इराक पुगेको नेपाली टिमको औषत उमेर २३ छ ।

नेपाली टिमलाई प्रशिक्षका रुपमा पहिलो मैदानमा उतार्न लागेका प्रशिक्षक अलमुताइरीले भनेका छन्, ‘हाम्रो टिम युवा छ, त्यसैले हामी नतिजमा होइन, प्रदर्शनमा ध्यान दिन्छौं । यो खेलबाट हाम्रो टिमले धेरै अनुभव लिने छ । र, खेलाडीहरुले यो अनुवभलाई आगामी खेलमा लागू गर्नेछन्।’

नेपाल भर्सेस इराक हेड टु हेड

हाल फिफा वरियतामा इराक ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा रहेको छ। फिफा वरियताको यो फरकले पनि दुई देशको स्तरको भिन्नता केही हदसम्म देखाउँछ। त्यसैले इराकविरुद्धको खेल नेपालका लागि धेरै मानेमा महत्वपूर्ण छ।

यसअघि नेपाल र इराक तीनपटक आमनेसामने भएका छन् भने तीनैपटक इराकले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो। २३ नोभेम्बर १९८२ मा पहिलोपटक भिड्दा ३–० ले विजयी भएको इराकले १४ अप्रिल २००१ मा ९–१ को विशाल जित हात पारेको थियो। यस्तै, २३ अप्रिलमा भएको प्रतिस्पर्धामा इराकले नेपाललाई ४–२ले हराएको थियो।

एसियाको पावर हाउस इराकविरुद्ध नेपालले यसपटक युवा टोली उतार्दै छ। युवा टोलीसहितको नेपालका लागि इराकविरुद्धको खेल प्रयोग जस्तो देखिए पनि वास्तवमा निकै महत्वपूर्ण छ। तर नतिजाको हिसाबमा नभएर प्रदर्शनको हिसाबमा।

मैत्रीपूर्ण खेलहरु वास्तवमा जित्न भन्दापनि सिक्न नै खेलिने हुन्। इराकविरुद्धको खेल नेपाली खेलाडीका लागि आफ्नो कमजोरी पहिल्याउने अवसर पनि हो। इराकले पनि यसलाई युवा खेलाडीविरुद्ध आफ्नो अनुभव प्रयोग गर्ने अवसरकै रुपमा लिएको छ।

यस्तो छ नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।

र याे पनि पढ्नुस्

यस्तो छ नेपालविरुद्ध खेल्ने इराकको उतारचढावपूर्ण फुटबल इतिहास ?

मेरो समर्थन नगरे हुन्छ, तर खेलाडीलाई सपोर्ट गर्नुस् : प्रशिक्षक अलमुताइरी

Facebook Comments Box