यस्तो छ इराकविरुद्ध मैदान उत्रने नेपाली टिम, मनिस र गौतमले डेब्यू गर्ने

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको प्लेइङ ११ सर्वाजनिक गरेका छन् । इराकको बसरामा नेपालले १०ः१५ बजे इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ

इराकविरुद्ध खेल्दै विंगर मनिस डाँकी र डिफेन्डर गौतम श्रेष्ठले नेपाली राष्ट्रिय टिममा डेब्यू गर्दै छन्। ६ नयाँ अनुसारलाई लिएर कतार पुगेका प्रशिक्षक अलमुतारीले मनिस र गौतमलाई सुरुवाती ११ मै राखेका हुन्।

नेपाली टिमले बलियो इराकविरुद्ध ४–३–३ को फर्मेशनमा खेल्ने छ। गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टिमको डिफेसन्डमा रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल र गौतम श्रेष्ठ छन् ।

यस्तै, इराकविरुद्ध मिडफिल्डमा मनिस डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङले मौका पाएका छन्। यस्तै, स्ट्राइकर अन्जन विष्ट, नवयुग श्रेष्ठ र सुमन लामा छन्।

इराकसँगको मैत्रीपूर्ण खेललगत्तै १६ गते नै नेपाली टिम स्थलमार्ग हुँदै उतैबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्ताथ गर्ने कार्यक्रम छ। विश्कप छनोट सकेर नेपाली टिम जुन १२ तारिखमा नेपाल फर्कर्ने एन्फाले जनाएको छ।

विश्वकप छनोटमा नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

विश्वकप छनोटका समूम बीमा रहेको नेपाल अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। विश्वकप छनोटको सम्भावना सकिएपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना भने बाँकी नै छ।

Facebook Comments Box