डेब्यूमै मनिसले गरे गोल, पहिलो हाफमा नेपाल ४–२ले पछि

दुई दशकपछि बलियो इराकसँग मैत्रीपूर्ण खेल खेलिरहेको नेपाल पहिलो हाफमा ४–२ले पछि परेको छ।

बसरामा जारी खेलमा नेपालका लागि युवा मिडफिल्डर मनिस डाँगीले डेब्यू खेलमै गोल गरे । नेपालको अर्को गोल आत्मघाती भएको थियो।

खेलको सातौं मिनेटमा इराकका अला अब्दुला खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा इराकका डिफेन्डर अहमेद इब्राहिम खलाफले अन्जन विष्टको प्रहार रोक्ने क्रममा आत्मघाती गोल गरेपछि नेपालले खेललाई बराबरीमा ल्यायो।

खेलको ३९ औं मिनेटमा डेब्यु खेलाडी मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । उनले काउन्टरमा गोल गरेका थिए ।

तर, ३९ औं मिनेटमा मोहमद अब्दुलझाराले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। खेलको ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाएका छन् । खेलमा नेपालका अन्जनले अर्को एउटा गोलको सुन्दर मौका गुमाए । उनले वान टु वानको अवस्थामा प्रहार गरेको बल इराकका किपरले बचाए ।

Facebook Comments Box