एसियन कप छनोटमा कुवेतसँग भिड्दै नेपाल

Read Time:2 Minute

काठमाडौं, जेठ २८ : नेपाली फुटबल टिममले एसियन कप छनोटको दोस्रो खेलमा शनिबार बलियो घरेलु टोली कुवेतसँग खेल्दै छ। खेल कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा राति १० बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपाल जाडर्नसँग २–०ले पराजित भएको थियो भने कुवते पनि इन्डोनेसियासँग पराजित भएको थियो । त्यसैले दुवै टिम पहिलो जितको खोजीमा छन्।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पहिलो पटक आफ्नै देशविरुद्ध उत्रने छन्। उनले आफूले कुवेतलाई माया गर्ने तर भोलिको खेलमा नेपालको जितका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्।

खेलाडीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बुसहित ११ सिनियर खेलाडीलाई बाहिर राख्दै कम अनुभवी र युवा खेलाडीको टिम लिएर कुवेत पुगेका अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध नेपालको प्रदर्शनपछि केही राहत महसुस गरेका छन् ।

पहिलो खेलमा जोर्डनविरुद्ध उत्कृष्ट खेलेको नेपाल कुवेतविरुद्ध पनि सोही लय समाप्ने अपेक्षा गरिएको छ। कुवेतविरुद्ध अहिलेसम्म जित निकाल्न नसकेका लागि नेपालका लागि जित फलामको चिउरा चपाउनु सरह हुनेछ।

फिफा वरीयतामा कुवेत नेपाल भन्दा २२ स्थान माथि छ । वरीयतामा कुवेत १४६औं र नेपाल १६८औं स्थानमा छ । नेपाल र कुवेतले अहिलेसम्म कुल ८ खेल खेलेका छन्, जसमा ७ खेलमा नेपाल पराजित हुँदा १ खेल बराबरीमा सकिएको छ।

पहिलो खेलमा जोर्डनसँग पराजित भएको नेपालले एसियन कपमा छनोट हुने झिनो सम्भावना कायम राख्न पनि कुवेतलाई हराउनै पर्ने छ । यदि कुवेतसँग पराजित भएमा नेपालमा छनोटबाट बाहिरिनेछ । नेपालले समूहको अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एम्बाप्पेको गोलमा फ्रान्स हारबाट जोगियो
Next post नेपाल भर्सेस अमेरिका : नेपाललाई ब्याटिङकै चिन्ता
Close