पहिलो हाफमा माल्दिभ्ससँग नेपालको बराबरी

१३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले अहिले आयोजक माल्दिभ्ससँग खेलिरहेको छ। मालेमा जारी खेलको पहिलो हाफमा नेपाल र माल्दिभ्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा मैदान उत्रने नेपाली टिम अलमुताइरीले रोहित चन्दलाई मिडफिल्डमा खेलाएका छन्। पछिल्लो केही वर्षता डिफेन्समा खेल्दै आएका रोहितलाई अलमुताइरीले माल्दिभ्सविरुद्ध मिडफिल्डमा खेलाएका हुन्।

नेपाली डिफेन्सको नेतृत्व अनन्त तामाङले गरेकाछन् । उनलाई दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्यालले साथ दिनेछन् । मिडफिल्डमा रोहितसँगै पूजन उपरकोटी र तेज तामाङ छन् ।

यस्तै, स्ट्राइकरको भूमिका नवयुग श्रेष्ठ छन् भने उनलाई विंग्सबाट अन्जन विष्ट र सुजल श्रेष्ठले साथ दिइरहेका छन् ।

Facebook Comments Box