
४ वर्षपछि राष्ट्रिय टिममा विमलको गोल, मोरिसविरुद्ध नेपाललाई अग्रता
Read Time:1 Minute
दशरथ रंगशालामा जारी मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै नेपालले अग्रता लिएको हो।
विमल घर्तिमगरले ५५औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । विमलले अञ्जन विष्टले मैदानको मध्यभाग तिरबाट उपलब्ध गराएको पासमा गोल गरेका हुन्।
राष्ट्रिय टिमका लागि विमलले ४ वर्षपछि गोल गरेका हुन् । उनले सन् २०१८मा साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गोल गरेका थिए । योसँगै राष्ट्रिय टिममा उनको गोल संख्या ९ पुगेको छ।
मोरिससविरुद्ध खेलमार्फत नै झण्डै तीन वर्षपछि विमलले राष्ट्रिय टिम पुनरागमन गरेका हुन्।