
नेपाल र मसिरसबीच पहिलो हाफ बराबरीमा
नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
खेलमा दुवै टिमले केही अवसर बनाए पनि गोल गर्न सकेनन् । नेपालका अन्जन विष्ट, विमल घर्तिमगरले केही फितलो प्रहार गरेका थिए।
यही खेलमार्फत विमलले २ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। उनी चोट र विवादका कारण राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।