
पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दै नेपाल
नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक कुनैपनि अफ्रिकी मुलुकसँग फुटबल खेल्दैछ । दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसससँग नेपाली फुटबल टिमले पहिलो खेल आज खेलदै छ।
नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।
दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुई फरक टिम मैदान उतार्ने छन्। सोही अनुसार उनले फरक फरक टिम घोषणम गरेका छन्।
दुई मैत्रीपूर्ण खेलका लागि अलुमताइरी ९ नयाँ अनुहारलाई टिममा मौका दिएका छन् भने जगजित श्रेष्ठ र विमल घर्तिमगरलाई पनि पुनरागमन गराएका छन्।
फिफा वरीयतामा मोरिससभन्दा नेपाल अघि छ । नेपाल १६९औं स्थान र मोरिसस १७२ औं स्थानमा छ ।
नेपाली टिम
किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदिप गुरुङ, सुमन लामा, ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ ।