ओमानसँग भिड्दै नेपाली फुटबल टिम

साफ च्याम्पियनसिपको तयारीका रहेको नेपाली फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको नेपाली टिमले कतारमै आमोनसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।

नेपाली टिम दुई सातादेखि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ। यसअघि नेपालले कतारकै क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

अक्टोबर १ बाट मादिभ्समा सुरु हुने साफ च्याम्पियनपसपका लागि नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छ। नेपालले उद्घाटन खेलमा मादिभ्सको सामाना गर्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

५ टिम मात्र सहभागी साफ च्याम्पियनसिप सिंगल राउण्ड रोविनका आधामार हुनेछ । लिगका शीर्ष दुई टिमबीच उपाधिका लािग भिड्ने छन्। हाइनल अक्टोबर १६मा हुनेछ ।

Facebook Comments Box