फुटबलराष्ट्रिय फुटबल

राष्ट्रिय टिममा लाकेन र विमलको डेब्यू

नेपाली राष्ट्रिय टिममा मिडफिल्डर लाकेन लिम्बू र डिफेन्डर विमल पाण्डेले डेब्यूको मौका पाएका छन्। फिलिपिन्समा जारी घरेलु टोली विरुद्धको मैत्रीपूर्ण खेलका क्रममा दुवै सुरुआतबाटै डेब्यूको मौका पाएका हुन्।

ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक भिसेन्जो अल्कार्टो एनेसले लाकेन र विमललाई टिममा राखेका थिए। लाकेनले थ्री स्टार र विमलले विभागीय टिम त्रिभुनव आर्मी क्लबबाट ए डिभिजन लिग खेलेका थिए।

खेल रिजल मेमोरियल स्टेडियममा जारी छ । नेपालले आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि पिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपाली टोली ः किरण चेम्जोङ, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ , रोहित चन्द,पुजन उपरकोटी,एरिक विष्ट,लाकेन लिम्बु, आयुष घलान,नवयुग श्रेष्ठ र अन्जन विष्ट