श्रीलंकाविरुद्ध नेपाललाई अग्रता

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपाले अग्रता लिएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलमा नेपालले सुमन लामाले ३३औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन्।

पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्य बनाएको नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध १–०को एतिहासिक जित निकालेको थियो।

१३औं साफ च्याम्पियनसिपमा ५ टिम सहभगाी छन्।

Facebook Comments Box