४४ वर्षपछि थाइल्यान्डसँग खेल्दै नेपाल

Read Time:2 मिनेट

नेपाली राष्ट्रिय फुटबल टिमले ४ दशकपछि बलियो थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड पुगेको हो।

नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपालले थाइल्यान्डसँग ४४ वर्षपछि खेल्न लागेको हो। सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो।

थाइल्यान्डसँगको खेल एसिया कप छनोटका लागि निकै उपयोगी हुने नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन्।

थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो।

नेपाली टोली : किरण चेम्जोङ, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल सुपर लिगलाई एन्फाले दियो अनुमति
Next post साफ यू–१८ महिला च्याम्पियनसिप : नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो
Close