नेपालले दशरथ रंगशालामा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने, खेल भदौ १७ र २० गते

Read Time:1 मिनेट

साफ च्याम्पियनसिप र एसियन कपको तेस्रो चरणको छनोटका तयारीका नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग मैत्रीपूर्ण खेल्ने भएको छ। नेपालले भारतसँग दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल्ने पक्का भएको एन्फाले जनाएको छ।

नेपालमा आएर मैत्रीपूर्ण खेलका लागि भारतले प्रस्ताव गरेको थियो । भारतको सो प्रस्तावलाई एन्फाले शुक्राबार स्वीकार गरेको हो। नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भदौ १७ र २० गते दशरथ रंगशालमा हुने छ।

नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतसँगै बंगलादेश, किर्गिस्तान र प्यालेस्टाइनले पनि प्रस्ताव गरेका थिए । बंगलादेश र प्यालेस्टाइन नेपाल आउन तयार थिए भने किर्गिस्तानले नेपाललाई उतै आएर खेल्न प्रस्ताव गरेको थियो।

साफ च्याम्पियनसिप आगमी अक्टोबरमा हुने तय छ । तर, आयोजक र मिति भने तय भइसकेको छैन । साफ च्याम्पियनसिप आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका छन्।

नेपाल र भारतले अहिलेसम्म १३ खेल खेलेका छन् । जसमध्ये नेपाले २ खेल मात्र जितेको छ भने ४ खेल बराबरीमा सकिँदा ७ खेलमा भारत विजयी भएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बार्सिलोनामा मेसी चिनाउने यी तस्बिर
Next post जापानलाई हराउँदै मेक्सिकोले जित्यो ओलम्पिक फुटबलको कास्य
Close