भुटानसँग खेल्दै नेपाली महिला टिम

Read Time:1 Minute

यू–१९ साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपालले तेस्रो खेल खेल्दै छ। बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेलमा नेपालले भुटानको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ। दुईमा ४ अंक जोडेको नेपाल भुटानलाई हराउँदै फाइलन प्रवेश सम्भावना बलियो बनाउन चाहन्छ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो। यता, भुटानले भने पहिलो खेलमा श्रीलंकलाई ५–० ले पराजित गरेपनि दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो।

नेपालले आफ्नो अन्तिम खेल डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ।

पाँच टिम सहभागी प्रतियोगितका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेल्सी रोकिँदा लिभरपुलको जित
Next post ए डिभिजन लिगको पाँचौं चरण आजबाट
Close