विश्वकप छनोट खेल्ने नेपाली टिम कुवेतमा

नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोटका बाँकी खेल खेल्ने कुवेत पगेको छ। शनिबार इराकविरुद्ध बासरामा मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम स्थलमार्ग हुँदै कुवेत पुगेको हो।

कुवेत पुगेपछि खेलाडी र पदाधिकारीको पीसीआर परीक्षण गरिएको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपालको विश्वकपको सपना समाप्त भइसके पनि एसियाकप छनोटको सम्भावना कायम छ।

कुवेतमा नेपालले जेठ २० मा चिनियाँ ताइपेई, २४ मा जोर्डन र २८ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। कोरोना भाइरसका कारण नेपालले घरेलु मैदानमा खेल्ने तीनवटै खेल कुवेतमा सारिएको हो।

इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम ६–०ले पराजित भएको थियो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विश्वकप छनोटका युवा टोली लिएर कुवेत पुगेका छन्।

Facebook Comments Box