नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ

विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय टिमका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। इराकबाट स्थलमार्ग हुँदै कुवेत पुगेको नेपाली टिमको आइतबार स्वाव संकलगन गरिएको थियो।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिममा २३ खेलाडी र १२ अफिसियल छन् । नेपालले कुवेतमा विश्वकप र एसिया पक छनोटका बाँकी तीन खेल खेल्ने छ । इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल टिम ६–२ले पराजित भएको थियो।

नेपालको विश्वकप छनोट अघिल्लो चरण पुग्ने सम्भावना गणीतिय हिसाबमा मात्र बाँकी छ । तर एसिया कप छनोट आशा भने बाँकी नै छ। नेपालले चाइनिज ताइपेइलाई हराउन सकने समूहमा चौथो हुँदै एसिया कप छनोटको तेस्रो चरणको प्लेअफ खेल्ने छ।

विश्वकप छनोट खेल्ने नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास।

मिडफिल्डर : विशाल राई, सन्तोष तामाङ, सुनिल बल, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान, सुमन लामा ।

स्ट्राइकर : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा।

Facebook Comments Box