खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री देउवाले भने– नेपालमा फुटबलको क्रेज सबै क्षेत्रमा उस्तै छ

Read Time:1 मिनेट

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फुटबलको क्रेज एकदमै राम्रो भएको भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई सम्मान गर्दै प्रधानमन्त्री देउवाले नेपालको सबै क्षेत्रमा फुटबलको क्रेज उत्तिकै रहेको बताए।

‘नेपालमा फुटबलको क्रेज सबै भौगोलिक क्षेत्र र सबै उमेर समूहमा उत्तिकै छ,’ साफ उपविजेता नेपाली टोलीलाई सम्मान गर्दै प्रधानमन्त्री देउवाले भने, ‘देशभर छरिएर रहेका फुटबलका प्रतिभाहरू पहिचान गर्दै उनीहरूको खेल कौशल बढाउन सम्बन्धित निकाय लाग्ने विश्वास लिएको छु।’

सो अवसरमा प्रधानमन्त्री देउवाले खेलाडीहरुको हौसला बढाउन यस्तो सम्मान कार्यक्रमलाई निरन्तरता दिने पनि बताए । ‘खेलाडीहरूको हौशला बढाउन सरकारले कुनै कसर बाँकी राख्नेछैन । भविष्यमा अन्य विधामा पदक जित्ने खेलाडीलाई सम्मान गर्दै जाने छौं। नेपाल खेलकुद विकासका सहयोग गर्न सरकार सधैं तत्पर रहनेछ।’

सरकारले साफ उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षक र अफिसियनलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लगातार तेस्रो जितसँगै प्रदेश १ समूह विजेता, बागमतीको सान्त्वना जित
Next post क्यान–खेलाडी विवादले बन्द प्रशिक्षण प्रभावित
Close