अलमुताइरी भन्छन्– एसियन कपमा छनोट हुने भन्दा राम्रो खेल्ने लक्ष्य छ

Read Time:2 Minute

नोपाली राष्ट्रिय फुटबल टिम अहिले एसियन कप छनोट खेल्ने तयारीमा छ । आगामी जुनमा हुने छनोटका लागि नेपाली टिमले आगामी साताबाट बन्द प्रशिक्षण थाल्ने छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रश्क्षिणका लागि २५ खेलाडीलाई बोलाइसकेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले नेपालको लक्ष्य प्रतियोगितामा छनोट हुनेभन्दा राम्रो प्रर्दशन गर्ने रहेको बताएका छन्।

छनोट नै हुन्छौं भनेर वाचा गर्न नसकिने उल्लेल गर्दै अल्मुताइरी लेख्छन्, ‘एसियन कपमा छनोट नै हुन्छौं भनेर वाचा गर्दिनँ। तर, हामी सबैलाई हाम्रा नायकहरू (खेलाडी)मा गर्व हुनेछ भन्नेमा वाचा गनै सक्छु।’

एसियन कपमा राम्रो प्रदर्शन गर्न बन्द प्रशिक्षणकै क्रममा ३–४ मैत्रीपूर्ण खेलको तयारी भइरहेको पनि उनले उल्लेख गरेका छन्। उनले आफूहरुको यात्रा १५ अप्रिलदेखि १५ जुनसम्मको रहेको र यसबीचमा ३–४ मैत्रीपूर्ण खेल खेल्ने प्रयास भइरहेको बताएका छन्।

‘हाम्रो लक्ष्य सपना र आशाभन्दा ठूलो छ। यो लक्ष्य नेपाललाई एसियाली फुटबलको नक्सामा राख्नु हो,’ अल्मुताइरीले अगाडि लखेका छन्, ‘तर, यसका लागि समय र धैर्यता चाहिन्छ ।’

एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले जोर्डन, कुवेत र इण्डोनेसिया छन्। एसियन कप छनोटमा नेपाल समूह ए मा छ । यो समूहमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । कुवेतमा हुने खेलमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्ने छ भने जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रधानमन्त्री कप ब्याडमिन्टनमा ३ सय बढी खेलाडी, विजेताले १ लाख बढी पाउने
Next post रोहित र सोमपाल चम्किँदा एपिएफमाथि आर्मीको जित
Close