नेपालले कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

Read Time:1 Minute

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाका अनुसार नेपालले घरेलु मैदानमा २ मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो।

नेपालले आगामी जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाका अनुसार नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको र अफगानिस्तानले त्यसलाई स्वीकार गरेको हो ।

छनोटका लागि नेपाली राष्ट्रिय टिमले तयारी तिव्र पारेको छ । झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।

कुवेतमा हुने छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ ९जेठ २५ गते० मा खेल्नेछ । यस्तै दोस्रो खेल कुवेतसँग जुन ११ ९जेठ २८ गते० मा र तेस्रो खेल इन्डोनेसियासँग जुन १४ ९जेठ ३१ गते० मा खेल्नेछ । नेपालले पहिलोपल्ट एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
Next post सेभियामाथि रियलको पुनरागमन जित
Close