अल्मुताइरीले बन्द प्रशिक्षणमा बोलाए २४ खेलाडी, नवयुग र विकासकाे पुनरागमन

Read Time:2 Minute

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आसन्न एसियन कप छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । प्रशिक्षक अल्मुताइरीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका खेलाडीलाई पनि समेट्दै बन्द प्रशिक्षणका लागि खेलाडीलाई बोलाएका हुन्।

प्रशिक्षक अल्मुताइरीले अनुभवी मिडफिल्डर विशाल राईलाई टिममा नराख्दा चोटका कारण मैदान बाहिर रहँदै आएका स्ट्राइकर नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले राष्ट्रिय टिममा पुनरामगन गरेका छन्।

एएफसी कप छनोट खेलिरहेकाले राष्ट्रिय टिमको थाइल्यान्ड भ्रमणमा भने मछिन्द्रक खेलाडीलाई समेटिएको थिएन । चैत २२ गते मछिन्द्रले एफसीले एएफसी कप क्वालिफायरको पहिलो चरणअन्तर्गत श्रीलंकाको ब्लुस्टार एफसीसँग खेल्दैछ । त्यसखेल जितेमा २९ गते भारतको मोहन बगानसँग खेल्नेछ ।

प्रशिक्षक अल्मुताइरीले सो खेल सकिएपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेका हुन् । एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग खेल्नुअघि दुई महिना विशेष प्रशिक्षण गर्नेछ ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण अप्रिल १५ देखि बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ।

नेपाली टिम : किरण लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज जिउ ठकुरी, तेज तामाङ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लगातार तेस्रो जितसँगै नेपाल फाइनलमा, पिनएजीविरुद्धको जितमा दीपेन्द्र र करण बने हिरो
Next post सावित्राको ह्याट्रिकमा एपिएफको जित
Close