राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा

Read Time:1 Minute

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा सुरु भएको छ। करिब एक महिला काठमाडौंमा बन्द प्रशिक्षण गरेको नेपाली टिम १० दिनको बिदापछि बन्द प्रशिक्षणका लागि पोखारा पुगेको हो।

साफ च्याम्पियनसिप र एसियन कपको तेस्रो चरणको छनोटको तयारीका रहेको नेपाली फुटबल टिमको बन्द प्रशिक्षण बुधबारबाट पुनः सुरु भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पोखरामा हुने बन्द प्रशिक्षणमा मिडफिल्डरद्वय प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी हुने छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी, सेसेहाङ आङदेम्बे प्रशिक्षणमा सामेल हुने छन्।

यस्तै, गोलकिपर विशाल सुनार पनि सहभगाी हुने छन्। पोखरामा हुने बन्द प्रशिक्षणमा ३६ खेलाडी सहभागी हुने छन्।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले त्यसपछि भारतसँग २ मैत्रीपूर्ण खेल खेल्न छ । नेपालले दशरथ रंगशालामा भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्ने छ। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बार्सिलोनामा अब कसले लगाउँछ १० नम्बर जर्सी ?
Next post ‘अल्मुताइरीले गल्ती गरे’
Close