प्रशिक्षक अलमुताइरीले सार्वजनिक गरे बन्द प्रशिक्षणका लागि नयाँ लिस्ट, विकेश, तेज, संजोग र स्यान्सु परेनन्

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमको बन्द प्रशिक्षकका लागि खेलाडीको नयाँ लिस्ट सार्वजनिक गरेका छन्। विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खलको तयारीका लागि प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिगको प्रर्दशनका आधारमा ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।

अलमुताइरीले यसअघि नै बन्द प्रशिक्षकका लागि ३२ खेलाडीको सूची सार्वजनिक गरेका थिए । तर, नेपाल सुपर लिगको प्रदर्शनका आधारमा अलमुताइरीले आफ्नो पहिलो सूचीबाट केही नाम हटाउँदै नया नाम थपेका छन्।

बन्द प्रशिक्षणमा बोलाइएको नयाँ सूचीमा नेपाल सुपर लिग विजेता टिमका गोलकिपर विकेश कुथु, मिडफिल्डर तेज तामाङ र संजोग राई अटाउन सकेनन् । यस्तै, त्रिदेभ गुरुङ, छिरिङ गुरुङ, अजित भण्डारी र कतारी क्लबमा जुनियर फुटबल खेलिरहेका स्यान्सु भुसाल पनि आटाएनन्।

प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुरज जिउ ठकुरी, कलम थापा, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, सुमन अर्याल, पुजन उपरकोटी र नितिन थापा बन्द प्रशिक्षणमा बोलाएका छन् । यीमध्ये सुरज, कमल र आयुष पहिलो पटक बन्द प्रशिक्षणका लागि छानिएका हुन् भने मनिष र गौतम यसअघिको लिस्टमा पनि थिए । यस्त्र, सुमन, पुजन र नितिनले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्।

नेपालले इराकसँग उसकै मैदानमा मे २९मा मैत्रीपूर्ण खेल खेल्ने छ। नेपालले मे ३१ देखि जुन १५ भित्रमा विश्वकप छनोटमा अस्ट्रेलियान, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्दैछ । नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

यस्तो छ ३२ सदस्यीय टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की ।

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, रोहित चन्द, रजिन धिमाल, निशान खड्का, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास, अमित तामाङ ।

मिडफिल्डर : विशाल राई, एरिक विष्ट, कमल थापा, नितिन थापा, मनिष डाँगी, सेसेहाङ आङदेम्बे, सुनिल बल, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, विवेक बस्नेत, रवी पासवान, आयुष घलान ।

फरवार्ड : अन्जन विष्ट, नवयुग श्रेष्ठ, भरत खवास, अभिषेक रिजाल, दर्शन गुरुङ, आशिष लामा ।

Facebook Comments Box