साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम कतार प्रस्थान

माल्दिभ्समा हुने आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम कतार प्रस्तथान गरेको छ। नेपाली टिम शुक्रबार बिहान कतार एयरवेजको विमान मार्फत कतार प्रस्थान गरेको हो।

आज कतार गएको टिममा २४ सदस्यीय खेलाडी सहितको टिम छ । मुख्य प्रशिक्षक अब्दुल्लाह भारतसँगको दुई मैत्रीपूर्ण खेल सकिए लगत्तै सोमबार कतार पुगिसेका छन्।

साफ च्याम्पियनसिपका लागि नेपाली टिमले १५ दिन कतारमा तयारी गर्ने छ। त्यसपछि नेपाली टिम उतैबाट माल्दिभ्स प्रस्थान गर्ने छ।

साफ च्याम्पियनसिप माल्दिभ्समा असोज १५ गतेदेखि ३० गतेसम्म आयोजना हुनेछ। नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग १५ असोजमा खेल्ने छ भने दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्ने छ। यस्तै, २४ असोजमा हुने तेस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ भने बंगलादेशसँग २७ असोजमा खेल्नेछ।

कतार जाने नेपाली टिम

किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा

Facebook Comments Box