यस्तो छ नेपाली टिमको विश्वकप छनोट तयारी (फोटो फिचर)

विश्वकप र एसिया कप छनोटका बाँकी तीन खेल्न नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला कुवेतमा छ। घरेलु मैदानमा हुनुपर्ने तीन खेल कोरोना महामारीका कारण कुवेतमा सारिएपछि नेपाली टिम ती खेल खेल्न इराक हुँदै आइतबार कुवेत पुगेको हो ।

कुवेत पुगेर आइतबार नै कोरोना परीक्षण गराएको नेपाली टिमले सोमबार रिपार्ट नेगेटिभ आएपछि प्रशिक्षण थालेको छ। विश्वकप र एसिया कप छनोटको समूह बीचमा रहेको नेपाललेका विश्वकप छनोट सम्भावना गणीतिय हिसाबमा मात्र बाँकी छ, तर एसिया कप छनोट सम्भावना भने बाँकी नै छ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुतारीको प्रशिक्षणमा रहेको युवा नेपाली टिमले एसिया कपको छनोट सम्भावना जीवितै राख्न कडा मेहनत गरिरहेको छ।

नेपालले चाइनिज ताइपेइसँग जुन ३ मा खेल्ने छ भने जुन ७ जोर्डन र जुन ११ अष्ट्रेलियासँग खेल्नेछ । तीनवटै खेल नेपाली समयअनुसार राति ९ः४५ बजे खेल्ने छ।

तस्बिर साैजन्य : एन्फा

Facebook Comments Box