यस्ताे छ इराकमा नेपाली टिमको तयारी (फोटो फिचर)

नेपाली राष्ट्रिय टिम यतिवेल इराकमा छ । नेपाली टिम घरेलु टोली इराकसँगको मैत्रीपूर्ण खेलका लागि बुधबार इराक पुगेको हो।

शनिबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम यतिबेल इराकमा अभ्यासमा ब्यस्त छ। इराक पुगेको नेपाली टिममा २३ खेलाडी र १२ अफिसियल गरी ३५ जना छन् ।

शनिबार राति १०ः१५ बजे बसार अन्तर्राष्ट्रिय मैदानमा नेपालले एसियन पावर हाउस इराकको सामाना गर्दै छ।

इराकसँगको मैत्रीपूर्ण खेललगत्तै १६ गते नै नेपाली टिम स्थलमार्ग हुँदै उतैबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्ताथ गर्ने कार्यक्रम छ। विश्कप छनोट सकेर नेपाली टिम जुन १२ तारिखमा नेपाल फर्कर्ने एन्फाले जनाएको छ।

विश्वकप छनोटमा नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

तस्बिर साैजन्य : एन्फा

Facebook Comments Box