नेपाली फुटबल टिम स्वदेश फर्कियो

Read Time:1 Minute

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड पुगेको नेपाली टिम सोमबार साँझ ७ बजे नेपाल फर्किएको हो।

एसियन कप छनोटका तयारीलागि मैत्रीपूर्ण खेलका लागि गत सता नेपाली टिम थाइल्यानड पुगेको थियो । थाइल्यान्डमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

थाइल्यान्डको राष्ट्रिय टिमसाग २–० ले पराजित भएको नेपालले चोनबुरी एफसीसँग ३–१ले पारजित भएको थियो ।

नेपाली टोली स्वदेश फर्किएपछि आगामी जुनमा हुने एसियन कपको अन्तिम चरणको छनोटका लागि छिटै बन्द प्रशिक्षण सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एसियन कप छनोटमा नेपाल समूह ए मा छ । यो समूहमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । कुवेतमा हुने खेलमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्ने छ भने जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय महिला लिगमा पुलिसमाथि एपिएफको जित
Next post बी डिभिजन लिगमा खुमलटार र बाँसबारीको जित
Close