एसियन कप छनोट खेल्न नेपाली फुटसल टिम कीर्गिस्थान जाँदै

Read Time:1 Minute

एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय फुटसल टिम किर्गिस्तान प्रस्थान गर्दैछ। नेपाली टिमलाई एन्फाले एक कार्यक्रम गर्दै बिदाई गरेको छ।

छनोटमा नेपाल समूह ‘बी’मा छ। समूहमा उज्वेकिस्तान, ताजकिस्तान, अफगानिस्तान र नेपाल छन्। नेपालले १० अप्रिलमा उज्वेकिस्तान, ११ अप्रिलमा ताजकिस्तन र १२ अप्रिलमा अफगानिस्तानसँग खेल्नेछ।

कुवेतमा आगामी सेप्टेम्बर अन्तिम सातादेखि हुने एसियन कप फुटसलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। कुवेत आयोजकको हैसियतमा छनोट भइसकेको छ। अब समूहका शीर्ष टिम स्वतस् छनोट हुनेछ भने दोस्रो हुने टिमले प्लेअफ खेल्न पाउनेछ।

नेपालको प्रमुख प्रशिक्षकमा गौरव बस्नेत छन्।

नेपाली टिम : अनिस श्रेष्ठ गोलकिपर, विश्वास पौडेल, विजय श्रेष्ड, सरोज तामाङ, सुरज गुरुङ, अदिल हमिद, क्रिजल खड्का, मणीकुमार लामा, रोशन छन्त्याल, सुमीत श्रेष्ठ, उर्केन शेर्पा, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फा निर्वाचन असार ६ मा हुने
Next post द हन्ड्रेडमा बिकेनन् सन्दीप
Close