विश्वकप छनोटका लागि नेपाली टिम अस्ट्रेलिया प्रस्थान

सन् २०२२ को कतार विश्वकप र सन् २०२३ को एसियाकपको छनोट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टिम बुधबार अस्ट्रेलिया प्रस्थान गरेको छ । छनोट अन्तर्गत अस्ट्रेलिया र जोर्डनविरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली टिम बुधबार अस्ट्रेलिया प्रस्थान गरेको छ ।

छनोट समूह बीमा रहेको नेपालले असोज २३ गते अस्ट्रेलियासँग क्याबेरामा खेल्न छ । त्यसपछि नेपाली टिम उतैबाट जोर्डन जाने छ । जोर्डनसँग नेपालले असोज २८ गते उसकै मैदानमा खेल्ने छ ।

अस्ट्रेलिया र जोर्डनविरुको खेलका लागि प्रशिक्षक योहान कालिनले पुरानै टिमलाई निरन्तरता दिँदै मंगलबार २३ सदस्यीय टिम घोषणा गरेका थिए । नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । प्रशिक्षक कालिनले गोलकिपर एलन न्यौपाने, स्ट्राइकर विमल राना र मिडफिल्डर रवि सिलवाललाई वैकल्पिक खेलाडीका रुपमा राखेका छन् ।

विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल अस्ट्रेलिया, जोडर्न, कुवेत र चाइनिज ताइपेइसँगै समूह बीमा छ । राउन्ड रोबिनका आधारमा भइरहेको छनोटमा नेपालले २ खेलमा समान १ जित र हारको सामाना गरेको छ । नेपालले पहिलो खेलमा कुवेतसँग ७–०को लज्जास्पद हार बेहोरेको थियो भने दोस्र्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० ले पराजित गरेको थियो ।

समूह बीमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ भने १ खेलमा ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा छ । ३ अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा नेपाल ३ अंक नै जोड्दै चौथो स्थानमा छ भने अंकबिहीन चाइनिज ताइपेइ पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP